मनोरञ्जन

 गायिका गोलेको ‘लेकैमा चर्ने लेकाली’ गित सार्बजनिक (भिडियोसहित) 



वैशाख २३, काठमाडौं । गायिका देशु गोलेको ‘लेकैमा चर्ने लेकाली भेडी’ तामाङ सेलो बोलको गीत सार्वजनिक भएको छ ।

एवन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शब्द तथा सङ्गीत किशोर थापाले गरेका छन् भने फणिन्द्र राईले एरेञ्ज गरेका छन् । साजन शाह र राजेश श्रेष्ठले रेकर्डिङ गरेको गीतको भिडियो अजय आचार्यले खिचेका हुन् ।

रचना सँगसँगै गायनमा पनि क्रियाशील हुदै आएकी गोले को थुप्रै गीतहरु बजारमा ल्याएकी छिन् । उनको  शायद मलाई बनायो होला दैबले, यो दिलको राजा, तिमीसँग बोल्दैमा, मनमा राखे तिमीलाई, कस्तो भाग्य कोप्यौ दैव, कहिले पीडासँगै जस्ता दर्जनौ  गीतहरु  स्रोतामाझ लोकप्रिय बन्दै गैरहेको छन् ।