विश्व

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित



बैशाख २४, एजेन्सी । उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू अप्रील २१ देखि स्थगित गर्ने घोषणा कार्यान्वयन गरेसँगै अवको लक्ष्य शान्ति र आर्थिक वृद्धि हासिल गर्ने बताइएको छ ।

उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो । कोरियाली नेता किम जोङ उनले घोषण गरेबमोजिम नै पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कार्य बन्द गरेको थियो ।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार नेता किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जाय इनसँग भएको उच्चस्तरीय बैठक र उनीहरुबीच भएको सम्झौता बमोजिम नै उक्त कार्यक्रम बन्द गराएको र यसको कार्यान्वयन पनि सफल रुपमा नै भइरहेको उक्त समाचार समितिद्वारा प्रेषित समाचारमा जनाइएको छ । उता उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि केही हप्ताभित्रै महत्वपूर्ण शिखर बैठक गर्ने अपेक्षा गरिएको छ । त्यसको तयारीमा उत्तर कोरियाल लागिरहेको जनाएको छ ।