मनोरञ्जन

बलिउड अभिनेत्री करिश्माले गरिन ज्वेलर्सको उद्घाटन



बैशाख २४, काठमाडौँ । दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको उद्घाटन बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् ।

 उनी सोमवार बिहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । सोमवार साँझनै  स्वदेश फर्किन उनको योजना छ ।

‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित फिल्ममा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय छिन् ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पनि उपस्थिति रहेको थियो ।