विश्व

पराजीत मलेसियाली नेताद्वारा पार्टी र गठबन्धन प्रमुख पदबाट राजीनामा



बैशाख २९, एजेन्सी । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिब राजाकले आफ्नो पार्टी र गठबन्धन निर्वाचनमा पराजीत भएकाले पार्टी र गठबन्धनको प्रमुख पदबाट राजीनामा दिएका छन् ।

क्यावालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने “युएमएनओको अध्यक्ष र बारिसान नेशनलको सभापति पदबाट मैले राजीनामा दिने निर्णय गरेको छु, अव नयाँ नेता आएर यसलाई प्रभावकारी बनाउनुपर्छ । निर्वाचनमा आफ्नो पार्टी र गठबन्धनले पराजय भोगेकाले आफूले राजीनामा दिनु आफ्नो नैतिक जिम्मेवारी हो ।”

नाजिब मलेसियाको प्रधानमन्त्री बन्नु भएको थियो । यस अवधिमा उनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । यही आरोपमा नयाँ सरकारले नाजिब र उनको परिवारका सदस्यहरूलाई देश छाड्न प्रतिबन्ध पनि लगाएको छ ।