मनोरञ्जन

‘वन्डर वुमन’ को भूमिकामा  दिपिका



जेठ १२, एजेन्सी ।  बलिउड अभिनेत्री दीपिका पादुकोण ‘सुपर वुमन’ फिल्ममा ‘वन्डर वुमन’ को भूमिका गर्ने भएकी छिन ।

मुम्बई मिररमा प्रकाशित खबरका अनुसार, फिल्ममा उनी ‘वन्डर वुमन’ को भूमिकामा देखिनेछन् । यस फिल्मका लागि दीपिकाले मार्शल आर्ट्सको तालिम लिनेछिन् । फिल्ममा उनको क्यारेक्टर हलिउड फिल्म ‘वन्डर वुमन’ बाट प्रेरित छ । फिल्मको बजेट ३ सय करोड बताइएको छ ।

दीपिका पद्मावतपछि विशाल भारद्वाजसँग नयाँ फिल्म ‘सपना दीदी’ को छायांकनमा व्यस्त छिन।