मनोरञ्जन

फिल्म ‘बोबी’को ‘आँखाको नानी’ बोलको गित रिलिज (भिडियो सहित)



जेठ १५, काठमाडौँ । मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको फिल्म ‘बोबी’को ‘आँखाको नानी’ बोलको गित रिलिज भएको छ ।

वास्तविक प्रेम जोडी कविता गुरुङ र उमेश थापाको कथामा बनेको फिल्म ‘बोबी’ को पहिलो गित  मंगलबार प्रेसमिट गर्दै रिलिज गरिएको हो । राजेश पायल राई र दीपा लामाले स्वर रहेको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।

उक्त फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बालदीप राई, शिशिर राणा लगायतको अभिनय रहेको छ ।

सो फिल्म असार २९ गते रिलिज हुने भएको छ ।