मनोरञ्जन

अभिनेत्री ज्याकलिनकोआँखामा निको नहुने चोट



जेठ २८, एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डीजको आँखामा लागेको चोट अब कहिल्यै पनि निको हुनेछैन ।

फिल्म ‘रेस ३’कोअबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो ।चोट लागे लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । सो आँखा चोट  कहिल्यै पनि निको नहुने भएको छ ।

उनले इन्स्टाग्राममा एक तस्बिर सेयर  गर्दै भनेकी छिन् ‘यो चोट सदाको लागि रहनेछ । अब मेरो आँखाको आइरिस कहिल्यै गोलो आकारको हुनेछैन । तर म धन्य छु कि म देख्न सक्छु ।’