मनोरञ्जन

‘जय भोले’को गीत रिलिज (भिडियो सहित )



जेठ ३१, काठमाडौँ ।  दशैंमा रिलिज हुन फिल्म ‘जय भोले’ को ‘उम्लियो भने पोखिन्छ…’ बोलको लोक गीत सार्वजनिक भएको छ ।

गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ ।

उक्त गीतमा सौगात मल्ल र बुद्धि तामाङ ‘मित’ लगाउँदै गर्दाको रमझम देखाइएको छ ।  निर्माता तथा कलाकार अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् ।

सो फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

भिडियो