मनोरञ्जन

बिना पारिश्रमिक फिल्म गर्दै तेरिया



असार ३, काठमाडौँ । जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन ९’ की विजेता तेरिया फौजा मगरले बिना पारिश्रमिक नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् ।

म्याक टेन कालुले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘मायाको मोल’ मा काम गर्न लागेकी हुन् । उनले फिल्मका लागि १ महिना समय दिनेछिन् । त्यसका लागि उनले एक रुपैयाँ पैसा नलिने बताएकी छिन् । फिल्मका गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माले कोरियोग्राफी गर्नेछन् ।

निर्देशक म्याक टेनका अनुसार ‘तेरिया अहिले मुम्बईमा छिन् र उनि नेपाल आएपछि फिल्मको घोषणा गर्ने बताएका छन् । उक्त ‘मायाको मोल’ फिल्ममा तेरियाको अपोजिटमा उनकै छोरा बिर्जन मिजार रहने भएको  छ ।