मनोरञ्जन

आज फ्राईडे रिलिज ‘तिमी हुन्छौ जहाँ–जहाँ’



असार ८, काठमाडौँ ।  आज फ्राइडे रिलिज अन्तर्गत एकमात्र फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ ।

विकाश बस्यालको निर्देशन रहेको चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । राजधानी र मोफसल गरि ७५ चलचित्र भवनमा ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न सकिने  भएको छ ।

चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय रहेको छ ।