मनोरञ्जन

फिल्म ‘बोबी’को ट्रेलर रिलिज  (ट्रेलर सहित)



असार ८, काठमाडौँ । मिलन चाम्सद्वारा निर्माण तथा निर्देशीत रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अफिसियल ट्रेलर भएको छ ।

असार २९ गते प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’को वास्तविक प्रेम जोडी कविता गुरुङ र उमेश थापाको कथामा बनेको फिल्म ‘बोबी’ ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ । यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । उक्त फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बालदीप राई, शिशिर राणा लगायतको अभिनय रहेको छ ।

ट्रेलर