मनोरञ्जन

गायीका सन्ध्याको ‘मिर्मिरे’ बोलको गीत सार्वजनिक (भिडियो सहित)



असार ९, काठमाडौँ । नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल भएकी गायिका सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे बोलको गीत सार्बजनिक भएको छ ।

प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीतमा रहेको गीतमा सन्ध्याका सुमधुर स्वर रहेको छ । गायिका जोशीले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छन् ।

 उक्त गीतको भिडियोमा सन्ध्यासँगै भिजे तथा मोडल सुदित श्रेष्ठको  अभिनय रहेको छ । पोखरामा  छायांकन गरिएको भिडियोलाई मोडल सुदितले  निर्देशन गरेका हुन् ।

भिडियो