अर्थ

मुलुकको अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छ : गभर्नर नेपाल



असार २७, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन् ।

आर्थिक वर्ष २०७५र०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताएका हुन् । विगत तीन वर्षदेखि नेपालको अर्थतन्त्र बढ्ने लयमा रहेको बताए । यो आर्थिक वर्ष पनि सोचेजस्तो अर्थिक बृद्धिदर हुने बताए । उनले कार्यक्रममा वोल्दै यहि अनुपातमा अर्थतन्त्र वृद्धि हुँदै गए नेपाल आर्थिक रुपमा समृद्ध हुनलाई लामो समय नलाग्ने बताए । देशमा राजनैतिक अस्थितरतका कारण अर्थतन्त्र बढ्ने तथा घट्ने गरेको बताउँदै आगामि दिनमा त्यस्तो समस्या नहुने भन्नेमा आशा गर्न सकिने बताए ।

देशमा विभिन्न प्रकारका दैविक प्रकोप वादी पहिरो, तराई डुवान, भुक्षय लगायतका प्रकोपका कारण केही मात्रामा समस्या आउने गरेतापनि त्यसालई उद्योग तथा सेवा क्षेत्रको योगदानले गर्दा अर्थतन्त्र बढ्ने उनले बताए ।