मनोरञ्जन

Bobby को ग्राण्ड प्रिमियर



असार २८, काठमाडौं । असार २९ गते प्रदर्शनमा आउने वास्तविक जीवन शैलिमा निमार्ण गरीएको वोवी चलचित्रको प्रिमियर शो नेपालमा भएको छ ।

नायक उमेश थापाल र नायीका कविता गुरुङले आफ्नो जीवनमा भोगेका वास्तविक घटनालाई चलचित्रको माध्यमबाट छर्लङ्ग वनाइएको छ । जीवन एउटा संघर्ष हो जसवाट कोही मानिस आत्तीनु पनि हुँदैन र मात्तीनु पनि हुँदैन भन्ने कुरालाई कथाले उजागर गरेको छ । विश्वमा धनी र गरिव विचको जुन खाडल छ त्यसले मानिसमा कस्तो प्रभाव पारेको हुन्छ ? जसले प्रत्यक्ष जीवन जिउनमा कस्तो भुमिका खेल्नुपर्ने वाध्यता हुन्छ ? जसवाट मानव जीवनमा आई पर्ने दुःख सुखको जिन्दगीलाई सन्देशमुलक रुपमा उजागर गरिएको छ ।

गरिवी र अध्ययन संगसँगै लाने क्रममा नायक थापाले आफ्नो जन्मभुमी त्यागी वैदेशिक जीवनको भोगाई त्यसमा आफ्नो परिवार जसमा पनि विवाहको छोटै समयमा आफ्नो श्रीमतिसँग सँगसँगै रहन नपाई वाध्यतामा भौतिक शरिरलाई टाढा वनाउँदा र घरमा रहेकी आफुले जीवनको सवैभन्दा मायाँ गरेको श्रीमती जसलाई मायाँमा जहिलेपनि सँगै आफ्नो ढुकढुकीमा रहि विताइएको कहाली लाग्दो संघर्ष चलचित्रमा उजागर गरिएको छ ।

धनी र गरिव विचमा भएको खाडलको प्रष्ट रुपमा उजागर भएको छ, जसमा नायीकाले गरिव परिवारमा विवाह गर्दा भोगेका समस्या तथा अन्र्तजातीय विवाहका कारण भईपरि आउने समस्याका वारेमा उल्लेख गरिएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

चलचित्रमा पारिवारीक मायाँमा परेका कलाकार तथा क्याप्टेन विजय लामाले आफ्नो तन, मन, धन परिवारिक मायाँ र मोहको निम्ती जस्तोसुकै त्याग र तपस्या गर्न पछि नपर्ने, सन्देश तथा व्यवहारिक कुराहरुको वारेमा आफ्नो प्रस्तुति दिएका छन् ।

चाम्सद्वारा निर्देशित चलचित्र “बोबी”मा वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् । वास्तविक प्रेम कथामा बनेको चलचित्र “बोबी” लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ ।

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।