मनोरञ्जन

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने



काठमाडौँ, १ जेठ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । 

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।

अनमोलको अलवा फिल्ममा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ । फिल्मको अष्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार पनि विक्री भइसकेको छ । नेपालमा फिल्म १० जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।