मनोरञ्जन

आलियाको लिलामी कपडाबाट ४० घरमा उज्यालो



असार ३१, एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले उनका कपडा लिलामी गरि सो लिलामीबाट आएको रकम संकलन गरेर एक संस्थालाई दिएकी छिन् ।

संस्थाले प्लास्टिकका बोतललाई रिसाइकल गरेर बिजुली नभएका गरिब परिवारमा बिजुलीको सेवा पुर्याउने काम गर्छ । आलियाले यो संस्थामार्फत ४० परिवारको घरमा उज्यालो पुर्‍याउने काम गरेकी छिन् ।

आलियाले कर्नाटकको मंड्या जिल्लाको किकेरी गाउँका परिवारको घरमा बिजुली पुयाएकी छिन् । उनले ब्याङ्गलोरको आरोहा नामक संस्थाको सहकार्यमा यो काम गरेकी  हुन । आरोहाले ‘लाइटर अफ लाईट’ नामको प्रोजेक्ट संचालन गर्छ ।