मनोरञ्जन

धुर्मुस-सुन्तली फिल्म निर्माणमा होमिदै



 साउन १०, काठमाडौँ । हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् ।

उनीहरुले केही दिनअघि चलचित्र विकास बोर्डमा  फिल्म दर्ता गराइसकेका छन् । फिल्म स्क्रिप्टका लागि धुर्मुस-सुन्तलीसहित मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायतका कलाकारहरु पोखरा पुगेका छन् ।

‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गराएसगै फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भएको छ ।

धुर्मुस र सुन्तलीले फिल्म र सामाजिक कार्यलाई  सँगसँगै लाने भएका छन् । उनीहरु देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि जुटिरहेका छन् ।