मनोरञ्जन

फ्राईडे रिलिज : हलमा ‘चिँ मुसी चिँ’ र ‘रोमियो एण्ड मुना’



(साउन ११, काठमाडौँ) । फ्राईडे रिलिज अन्तर्गत यस हप्ता हलमा  ‘चिँ मुसी चिँ’ र ‘रोमियो एण्ड मुना  प्रदर्शन भैरहेको छ ।

‘चिँ मुसी चिँ

दिनेश श्रेष्ठको निर्देशिन रहेको फिल्म ‘चिँ मुसी चिँ’मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।  सुरज अधिकारीको संगीत रहेको फिल्मलाई  अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ  निर्माता रहेको छ ।

‘रोमियो एण्ड मुना

नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’ लभस्टोरी कथा हो । फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको प्रमुख भूमिका छ। यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।