विश्व

इरानसँग जुनसुकै बेला वार्ता गर्न तयार : राष्ट्रपति ट्रम्प



साउन १५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष ट्रम्पले विना शर्त जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएका छन् ।

 ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए । सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

‘म इरानका जुनसुकै नेतासँग भेट गर्न तयार छु । म वार्तामा विश्वास गर्छु,’ ह्वाइट हाउसमा समाचारदाताहरुलाई ट्रम्पले भने । वार्ताका लागि ट्रम्पले गरेको आग्रह सकारात्मक भएको प्रतिक्रिया इरानले दिएको छ ।