मनोरञ्जन

‘छक्का पञ्जा ३’ को गीत युट्यब ट्रेन्डिङको पहिलो नम्बरमा



 साउन १९ काठमाडौँ । ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत युट्यब ट्रेन्डिङको पनि पहिलो नम्बरमा पुग्न सफल भएको छ ।

 कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

 मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जनाएका छन् ।

भिडियो