मनोरञ्जन

फिल्म ‘बोबी’को सक्सेस पार्टीसंगै, चौँथो हप्तामा प्रदर्शन सुरु



 साउन १९, काठमाडौँ । फिल्म ‘बोबी’ले राजधानीमा एक कार्यक्रमका बीच सक्सेस पार्टी मनाएसंगै योही शुक्रवारबाट चौँथो हप्तामा प्रदर्शन सुरु गरेको छ ।
 ‘बोबी’मा नायक उमेश थापा र नायीका कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित यो फिल्म बक्स अफिस रेकर्ड अनुसार शिर्षस्थानमा पर्न सफल भएको छ  । असार २९ गते प्रदर्शनमा आएको यो फिल्मले अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्समा अझै शो पाइरहेको छ ।
फिल्मको सक्सेस पार्टीमा निर्देशक मिलन चाम्स, प्रमुख कलाकार उमेश र कवितासहित अन्य कलाकार, प्राविधिक, गायक, संगीतकार, सम्पादक, लेखकको उपस्थित रहेको थियो ।
कार्यक्रममा निर्देशक र कलाकारसहितको टीमले फिल्मको सफलताको  सबै श्रेय मिडिया र दर्शकलाई दिए । उमेशले भने  निर्देशक मिलन चाम्सबाट राम्रो स्क्रिप्टबाट अफर आएमात्र काम गर्ने बताउँछन् । उनले भने, ‘कहानी छ, दर्शकको डिमाण्ड छ । टाइम मिलाएर मिलन दाई गर्न तयार हुनुभए हामी आउन सक्छौ ।
‘ निर्देशक चाम्सले उमेशको संघर्षको कथामा ‘बोबी-२’ बन्न सक्ने संकेत गरे । उमेशको कहानी मैले धेरै पटक सुनिसकेको छु । त्यो कहानी झन् दर्दनाक छ । त्यो चिजले पक्कै पनि प्रत्येक नेपालीलाई हौसला मिल्छ । उसको बाल्यकाल कसरी वित्यो, कसरी नर्वे पुग्यो, नर्वेमा गएर के-के गर्‍यो ? त्यो कथामा एउटा राम्रो फिल्म बन्छ’, चाम्सले भने । 
उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ रहेको ले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म बोब्बीले चौँथो हप्तामा आइपुग्दा पनि दर्शकको साथ र माया पाउन सफल भैरहेको छ ।