मनोरञ्जन

‘नाईं नभन्नू ल ५’को ‘बालापन उमेर’ बोलको गीत रिलिज (भिडियो सहित)



साउन २०, काठमाडौँ ।  विकासराज आचार्यकोको  निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नू ल ५’को ‘बालापनको उमेर’ बोलको म्युजिक भिडियो  रिलिज भएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय देख्न सकिन्छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा समिक्षा अधिकारीको स्वर छ ।

भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस फिल्को विकास आचार्य र सामीप्यराज तिमल्सेना लेखक हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

भिडियो