विश्व

इन्डोनेसियामा शक्तिशालि भूकम्प : ९८ को मृत्यृ, हजारौं घरबारविहीन



साउन २२, एजेन्सी । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ भने २० हजारभन्दा वढी घरवारविहिन भएका छन् ।

इन्डोनेसियाको लोम्बोक प्रान्तमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् । भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ ।

यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए । त्यस्तै २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पले सुनामी समेत आएको थियो । जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।