विश्व

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका



साउन २२, एजेन्सी। दक्षिण कोरियाले उत्तर कोरियाका लागि राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा नयाँ निर्देशिका बमोजिमसहायता कार्यक्रम पुनः आरम्भ गर्ने भएको छ ।

नयाँ निर्देशिका बमोजिम राष्ट्रसङ्घ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ ।

 दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफ मार्फत करिब ८० लाख अaमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरु जस्ता सहायता सामग्री प्रदान गरेको थियो । तर उत्तर कोरियाले आणविक परीक्षण समेतका कृयाकलापहरु अघि बढाएसँगै यो कार्यक्रम रोकिएको थियो । खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट सङ्कटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदले मन्जुरी दिएको छ ।