विश्व

राष्ट्रपति ट्रम्पका सासू–ससुरालाई अमेरिकी नागरिकता



साउन २५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासू अमालिजा नाभ्सले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

 कानुन व्यवसायी मिसेल विल्ड्स अनुसार  बिहीबार औपचारिक रुपमा उनिहरुले अमेरिकी नागरिकता प्राप्त गरेका हुन्  ।

 ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्ने उहाँको जोड छ ।

स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ । अवकाश जीवन बिताइरहेका उनीहरु दुवै धेरैजसो अमेरिकामै बस्दै आएका छन् ।