विश्व

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस



साउन २९, काठमाडौं । पाकिस्तानले आज आफ्नोे ७१ औ स्वतन्त्रता दिवस मनाएको छ ।

 वर्षको प्रत्येक १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।  नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका छन्  ।

कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।