विश्व

प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली मलेसियाको कारबाहीमा



साउन २९, काठमाडौं। मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् ।

उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ । नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले गत साउन ८ गतेदेखि लागू हुने गरी सजाय सुनाएको हो ।

विना लाइसेन्स मोटरसाइकल चढेका उनीहरुले  कारबाही नगर्न भन्दै  १ सय ५०  रिंगेट घुस दिने खोजेका थिए  ।