विश्व

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा



साउन ३०, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली किम जोङ उनलाई भेटघाट गर्न निमन्त्रण गरेका छन् ।

उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार पुटिनले छिटै किमसँग भेटघाट गर्ने जनाएको छ । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिने आकाङ्क्षा व्यक्त गरेका छन् ।

‘जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं’, राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ ।