विश्व

भारतमा लगातार भिषण वर्षा : बाढीका कारण ६० भन्दा बढीको मृत्यु



साउन ३१, एजेन्सी। भारतको केरलामा लगातार भिषणा वर्षाका कारण आएको बाढीले ६० जना भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ ।

दुई हप्ता अघिदेखि लगातार रुपमा परेको अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको छ ।

अहिले राहत र उद्दारको काम भइरहेको छ । भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ ।