विश्व

भाजपाका संस्थापक तथा भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको मृत्यु



भदौ १, एजेन्सी । भारतीय जनतापार्टीका संसाथपक तथा भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बजपेयीको आज ९३ वर्षको उमेरमा मृत्यु भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन् । वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग तथा मधुमेह लागेको थियो । यसअघि पनि मिर्गौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्या देखिएपछि उनलाई एम्समै भर्ना गरिएको थियो ।

वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । वाजपेयी दश पटकसम्म लोकसभामा चुनिएका व्यक्ति हुन् । उनी दोस्रो लोकसभादेखि १४औँ लोकसभासम्म सांसद भएका थिए । उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित गरेको थियो ।