विश्व

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लिए शपथ



भदौ २, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर  आएका उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानको २२ औं प्रधानमन्त्री चुनिएका हुन ।