विश्व

इमरान खानले प्रधानमन्त्री निवास छाडे



भदौ ५ , एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् ।

सरकारी खर्च कम गर्ने  खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको घरमा बस्न थालेका हुन् ।

प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने र बाँकी कार छिट्टै लिलामी गर्ने योजना रहेको छ ।

यसबाट आएको रकम राज्यकोषमा जम्मा  गरी सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने प्रधानमन्त्री खानले बताएका छन् ।