विश्व

भेनेजुएलामा शक्तिशाली भूकम्प : सचेत रहन आग्रह



भदौ ६, एजेन्सी । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७।३ म्याग्निच्युडको भूकम्प गएसँगै सरकारले सचेत तथा सजग रहन आग्रह गरेको छ ।

भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको भुकम्प अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको मात्रै भूकम्पको गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भकुम्पको धक्का १ मिनेटसम्म महसुस भएको थियो । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको बताएका छन् ।