विश्व

रुसका सेनाको विज्ञ टोली सहित ६३ हजार सेना सिरियामा



भदौ ७, एजेन्सी । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि आफ्नो सैनिकका विज्ञ टोली सहित ६३ हजार १२ जना सेना पठाएको जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार उक्त सैनिक ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेको मन्त्रालयका अधिकारीले भनेका छन् ।

सन् २०११ देखि शुरु भएको सिरिया युद्वमा परि अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् ।