विश्व

नाभाल्नीलाई जेल सजाय : राष्ट्रपति पुटिनलाई आलोचना गरेको आरोप



भदौ १२, एजेन्सी । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।

यसै वर्षको शुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले उनलाई ३० दिनको जेल सजाय तोकेको हो । विपक्षी दलका नेतासमेत रहेका नाभाल्नीलाई अदालतले सोमबार जेल सजायको फैसला सुनाएको हो ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटकपटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताएका छन् । जेल सजाय सुनाइएका नाभाल्नीलाई उनको मस्कोस्थित निवासबाट नियन्त्रणमा लिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।