विश्व

जापानमा ६.६ रेक्टरस्केलको भूकम्प : एकको मृत्यु, दर्जनौं घाइते



भदौ २१, एजेन्सी । जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि एक जनाको मृत्यु भएको छ भने करिव एक दर्जन मानिसहरु घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्प जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भुकम्पका कारण एक वृद्धको ज्यान गएको छ । १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् ।

भत्किएका घरमा केही व्यक्ति फसेका प्रहरीले अनुमान गरेको छ । उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् ।

भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको खबरमा उल्लेख छ ।