विश्व

अलिबाबाका कार्यकारी अध्यक्ष ज्याकद्वारा राजीनामा दिने घोषणा



 (भदौ २५, एजेन्सी । अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पदबाट  राजीनामा दिने घोषणा गरेका छन ।

बीबीसीक अनुसार उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् र च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने भएको छ ।

ज्याक चीनका धनाढ्य व्यक्तिहरुमध्येका एक हुन् । पछिल्लो पटक उनको सम्पत्ति ३६ बिलियन डलरभन्दा बढी छ । अलिबाबा विश्वकै महंगो कम्पनीमध्येको एक हो जसको शेयर भ्यालू गत वर्ष झण्डै दोब्बर भएको थियो ।