विश्व

युगाण्डामा आगलागी : एउटै परिवारका सातको मृत्यु



भदौ २७, एजेन्सी । पूर्वी युगाण्डामा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।

मङ्गलबार बेलुका भएको आगलागी बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रहरीले जनाएको छ । घर झुप्रो भएकाले चोडो आगोलागी भएको जनाइएको छ ।

खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ ।