विश्व

पल कलिङउडले गर्यो क्रिकेटबाट सन्यास लिने घोषणा



भदौ २९, एजेन्सी ।  इंग्ल्याण्डका पूर्व अलराउण्डर पल कलिङउडले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

 पहिलो श्रेणी खेली रहेका कलिङउडले प्रथम श्रेणी क्रिकेटको सिजनको अन्त्यसँगै सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

तीन पटक इंग्ल्याण्डले एसेज श्रृंखला जित्दा महत्वपूर्ण सदस्य रहेका कलिङउडले इंग्ल्याण्डका लागि ६८ टेस्ट तथा १९७ एकदिवसिय र ३६ टी ट्वान्टी क्रिकेट खेलेका छन् ।