विश्व

अमेरिकामा ‘फ्लोरेन्स’ आँधी : भारी वर्षसँगै सामुन्द्रिक छाल आउने



भदौ २९, एजेन्सी । अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै आइरहेको समुन्द्री आँधी ‘फ्लोरेन्स’का कारण भारी वर्षाको साथमा सामुन्द्रिक छाल आउनसक्ने बताइएको छ ।

फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका इलाकामा बाढी आउन सक्ने र धेरै संख्यामा मानिसको ज्यान जान सक्ने अधिकारीहरुले बताएका छन् ।

फ्लोरेन्स आँधी एक सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बताइएको छ । लोंगका अनुसार भर्जिनिया र क्यारोलाइनमा केही फुटसम्म पानी जम्न सकिने बताउनुभएको छ ।

मौसम वैज्ञानिकले फ्लोरेन्स स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा देखिने बताएका छन् । उनीहरुले यो समयसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ ।

उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइन र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ । त्यस्तै १४ सयभन्दा बढी उडान रद्द गरिएको छ ।