विश्व

फिलिपिन्समा शक्तिशाली आँधी



भदौ ३०, एजेंसी । फिलिपिन्समा  शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन  प्रभावित भएको छ ।

आँधीका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पु¥याउने अनुमान गरिएको छ ।

प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए ।