विश्व

फिलिपिन्समा शक्तिशाली आँधी : १४ जनाको मृत्यु, ५० लाख मानिस प्रभावित



आसोज १, एजेन्सी । फिलिपिन्समा म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने ५० लाख मानिस प्रभावित भएका छन् ।

फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण ४२ स्थानमा भूक्षय गएको छ । विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ । लाखौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् ।

आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ ।