समाचार

ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु



कावासोती, २९ माघ । पूर्वी नवलपरासीको डन्डामा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

उनीहरुलाई गएराति १० बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा बा ३ ख ९१५८ नम्बरको दूध बोक्ने ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-२ बस्ने युवराज घिमिरे र मोटरसाइकलमा सवार सोही ठाउँका पिताम्बर पाठक रहेका छन् ।

घाइते भएका उनीहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।