समाचार

माइक्रोबस दुर्घटना : १० जना घाइते, तीनको अवस्था गम्भीर



डडेल्धुरा, ४ चैत । गन्यापधुरा गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

गन्यापधुरा गाउँपालिका डाँडावनमा डोटीबाट कैलालीका लागि छुटेको बा २ ख १६६५ नम्बरको माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन भने घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डेडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ ।