राजनीति

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाइ प्रक्रिया सुरु



काठमाडौँ, १७ चैत । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ ।

थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार बिहान ११ बजे समितिको बैठक बोलाएको छ । आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ ।

गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियालाई नियुक्तिको सिफारिस गरेको थियो ।