राजनीति

नेपालको अन्तर्राष्ट्रिय छवि उच्च, दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली



काठमाडौँ, १७ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएको बताउँदै ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले लागनी सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।”

मन्त्री ज्ञवालीले समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।