समाचार

११ मिनेटमा दुईवटा भुकम्पको धक्का



काठमाडौँ, ११ वैशाख । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ ।

बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभुकम्प गएको र ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।