समाचार

अटो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते



सिन्धुली, ११ बैशाख । सिन्धुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार दिउँसो मरिण गाउँपालिका-३ चनौटेमा पुलको छेउबाट ६० फिट तल खस्दा अटोमा सवार मरिण गाउँपालिका-३ की शान्तिमाया योञ्जनको मृत्यु भएको हो ।

घाइते हुनेहरुमा मरिण गाउँपालिका-३ चनौटेका ६० वर्षीय खड्कबहादुर श्रेष्ठ, सोही स्थानकी ३५ वर्षीय संगीता वाइवा, २५ वर्षीय मिनकुमारी योञ्जन, १४ वर्षीय संगीता ल्हो, १२ वर्षीया अञ्जना ठकर, सोही गाउँपालिका ४ की ठूली दमार रहेका छन् ।

घाइते मध्ये ४ जनाको स्थानीय स्वास्थ्य केन्द्र र गम्भीर घाइते भएकी संगीता र अञ्जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।