समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



झापा, १३ वैशाख । चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे चट्याङ लागेको मृत्यु भएको हो ।

चट्याङले लागि घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।