समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते



काठमाडौँ, १३ वैशाख । नवलपरासीको बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

बिहीबार राती सुस्ता पश्चिमको सुनवल नगरपालिका–४ मा लु ३३ प ३८७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्वतको मासिला गाँउपालिका–१ घर भई सुनवलमा होटल गर्दै आएका मदन बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको जेनस अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार रुपन्देहीको देवदहका ४६ वर्षीय जगन प्रसाद थारुको सोही अस्पतालमा उपचार भैरहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।